9 years ago
May 27, 2017
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीले फ्रान्सेली क्लब मोनाकोबाट २२ बर्षे मिडफिल्डर बर्नान्डो सिल्भालाई भित्राएको छ । सिल्भा सिटीसँग ५ वर्षको सम्झौतामा आबद्ध भएका हुन् ।

प्रशिक्षक पेप ग्वार्डिओलाले ‘समर साइनिंङ’ को सुरुआत सिल्भाबाट गर्दा ट्रान्सफर रकम क्लबले सार्वजनिक गरेको छैन । यद्दपी उनलाई भित्राउन ४३ मिलियन पाउण्डको हाराहारीमा खर्च गरेको अनुमान गरिएको छ ।
‘म उत्साहित छु , अहिले संसारको सबै भन्दा राम्रा मध्येको एक क्लबमा छु ’, सिल्भाले भने,‘यस्तो अवसर पाउँदा ज्यादै खुसी लागेको छ । ’
बेन्फिकाको युथ एकेडेमीबाट आएका सिल्भाले पोर्चुगलको राष्ट्रिय टोलीबाट १० खेल खेलेका छन् । सन् २०१५ मा बेन्फिकाबाट मोनाकोले उनलाई लान झन्डै १६ मिलियन पाउण्ड खर्चेको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]