default_image

9 years ago

May 28, 2017

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनालाई कोपा डेल रे उपाधी

190 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले अलाभेसलाई ३-१ ले हराउदै लगातार तेस्रो पटक कोपा डेल रे को उपाधी आफ्नो नाम गरेको छ । बार्सिलोनाको जितमा मेस्सीले १ गोल गर्दै १ असिस्ट दिए भने नेइमार र फ्रान्सिस्को अल्कासरले पनि गोल गरे ।

Barcelona

खेलमा सुरुवातदेखि हावी हुँदै बलमा आफ्नो पकड रहेपनि अलाभेसको मिडफिल्डमा राम्रो तालमेलको कारण बार्सिलोनालाई गोल गर्न त्यति सहज भएन । छैटौं मिनेटमा मेस्सीको राम्रो प्रयासमा जोर्डी अल्बा गोलको नजिक पुगेपनि बार्सिलोनालाई पहिलो गोल गर्न ३३ मिनेट पर्खनु पर्यो । मेस्सीको १८ यार्डको गोलबाट खेलमा पछि परेको अलाभेसले ३ मिनेटपछि थियो हेर्नान्डेजको उत्कृष्ट फ्रिकिकमा गोल फर्काउदै बराबरी गर्यो ।

४५औं मिनेटमा नेयमारले आन्द्रे गोमजको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता पुनः स्थापित गरे । नेइमार अफसाइड पोजिसनमा रहेको भन्दै अलाभेसका खेलाडीले अपिल गरेपछि उनको गोल विवादास्पद रह्यो । त्यसको केहि समयमै पाको अल्कासरले मेस्सीको पासमा गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले खेल आफ्नो काबुमा राख्न सफल भयो । मेस्सीलाई डिफेन्डरहरुले रोक्न असफल भएपछि उनले अल्कासरलाई मिलाएको पास सदुपयोग गर्दै बार्सिलोनाको तेस्रो गोल भएको थियो।

दोस्रो हाफको सुरुवातमा अल्कासरको प्रयासलाई अलाभेसको गोलकिपरले रोक्दै खेलमा जीवित राखेपनि दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन । ९६ वर्षपछि कोपा डेल रेको फाइनल प्रवेश गरेको अलाभेसलाई हराउदै बार्सिलोनाले प्रशिक्षक लुइस एन्रिकेलाईलाई सुखद बिदाई गर्यो ।

हाइलाइट्स

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.