9 years ago
May 29, 2017
स्पेन (एजेन्सी) – ला लिगामा खेल जित्दा ३ अंक प्राप्त हुने नियम कार्यान्वयन भएयता दुइ दशक पुरा हुँदा बार्सिलोनाले दुई दशकको अंक जोड्दा रियल भन्दा माथि रहेको छ ।

सन् १९९७/९८ यताको सिजन अवलोकन गर्ने हो भने बार्सिलोनाले कुल १६१६ अंक जोड्न सफल भएको छ भने रियलको जम्मा १६११ अंक छ । त्यस्तै बार्सिलोना र रियलपछि भ्यालेन्सिया , डिपोर्टिभो ला कोरुना र एथलेटिको म्याड्रिड रहेका छन् । ला लिगाको सुरुवात देखिको अंक गणना हेर्ने हो भने रियलको ४३८५ र बार्सिलोनाको ४२६२ छ ।
पहिलो दशकमा बिजेता टोलीको औसतमा ७७.४ अंक रहेको थियो भने दोस्रो दशकमा ९३.६ मा बढेको थियो । जोसे मौरिन्होको रियल म्याड्रिडले १०० अंक सहितको उपाधी जितेको सर्वाधिक अंक हो भने डिपोर्टिभो ला कोरुनाको ६९ अंक सहितको विजयी सिजन लिग बिजेताको सबै भन्दा कम अंक हो ।
यो दुई दशकमा बार्सिलोनाले १० पटक ला लिगाको उपाधीमा आफ्नो कब्जा गरेको छ भने रियल म्याड्रिडले ६ पटक उपाधी जितेको छ ।
ला लिगाको सुरुवातसँगै यस लिगमा विभिन्न परिवर्तन आएका छन् । १० टोलीबाट सुरुवात भएको लिगमा हाल २० टोली छन् भने १९९७/९८ अघिको सिजनमा बिजेताको नाममा २ अंक मात्र पर्दथियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]