default_image

9 years ago

May 31, 2017

टोट्टीप्रति मेस्सीको आदर

160 views

0 Bookmark

एजेन्सी – एएस रोमाबाट झन्डै ३ दशक लामो करियर अन्त्य गरेका दिग्गज फरवार्ड फ्रान्सेस्को टोट्टीलाई बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सीले सामाजिक संजाल मार्फत उनको करियरको प्रशंसा गर्दै शुभकामना दिएका छन्।

५ पटकका ब्यालन दि’ओर विजेता मेस्सीले आफ्नो फेसबुक पेजमा टोट्टी र उनको फोटोसँगै सानो संदेश पनि छाडेका छन्। उनले सन्देशमा “कप्तान, तपाईं महान हुनुहुन्छ! जिन्दगिका आउने दिनहरुका लागि धेरै धेरै शुभकामना छ।” भनेर लेखेका छन्।

आफ्नो पुरा खेलजीवनमा रोमासँगै रहेका टोट्टीले रोममा रहेर उपाधि पनि जितेका थिए। उनले राष्ट्रिय टोलीबाट विश्वकप पनि जिते। मेस्सीपनि बार्सिलोनाबाट लामो समयदेखि खेल्दै आएका छन्। उनले क्लबबाट धेरै उपाधि जिते पनि राष्ट्रिय टोलीबाट भने सोहि किसिमको सफलता प्राप्त गर्न सकेका छैनन्।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.