default_image

7 years ago

June 1, 2017

कौटिन्होले ब्राजिलको कप्तानी सम्हाल्ने

एजेन्सी – लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्होले अर्जेन्टिना र अस्ट्रेलियासँग हुने मैत्रीपूर्ण खेलमा ब्राजिलको कप्तानी सम्हाल्ने जिम्मेवारी पाएका छन् । मेलबर्नमा हुने मैत्रीपुर्ण खेलका लागि छानिएका ब्राजिलियन टोलीमा नेयमार लगायतका अन्य चर्चित अनुहारहरुलाई आराम गर्ने मौका दिएपछि कौटिन्होले टिटेको प्रशिक्षणमा रहेको ब्राजिलियन टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन् । मार्किन्होस , मिरान्डा , मार्सेलो , ड्यानी आल्भेस र […]

38 views

0 Bookmark

एजेन्सी – लिभरपुलका मिडफिल्डर फिलिपे कौटिन्होले अर्जेन्टिना र अस्ट्रेलियासँग हुने मैत्रीपूर्ण खेलमा ब्राजिलको कप्तानी सम्हाल्ने जिम्मेवारी पाएका छन् ।

neymar-and-coutinho

मेलबर्नमा हुने मैत्रीपुर्ण खेलका लागि छानिएका ब्राजिलियन टोलीमा नेयमार लगायतका अन्य चर्चित अनुहारहरुलाई आराम गर्ने मौका दिएपछि कौटिन्होले टिटेको प्रशिक्षणमा रहेको ब्राजिलियन टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

मार्किन्होस , मिरान्डा , मार्सेलो , ड्यानी आल्भेस र रोबर्टो फर्मिनोलाई विश्राम गराउदा मोनाकोका सेन्टर ब्याक जेमर्सन र कोरिन्थियान्सका मिडफिल्डर रोड्रीग्युनोले पहिलो पटक ब्राजिलको टोलीमा मौका पाएका छन् ।

ब्राजिलले अर्जेन्टिनासँग जुन ९ मा र त्यसको ४ दिन पछि अस्ट्रेलियासँग मेलबर्न क्रिकेट मैदानमा सामाना गर्ने छ ।

ब्राजिलको टोली

गोलकिपर : डिएगो आल्भेस (भ्यालेन्सिया), वेभेल्टन (एथलेटिको-पीआर) , एडर्सन(बेन्फिका)

डिफेनडर : डेभिड लुइज (चेल्सी) , गिल (सान्ड़ोंग लुनेन्ग) , जेमर्सन(मोनाको), रोड्रीगो कावो (सा पोलो) , थियागो सिल्भा (पीएसजी) , एलेक्स सान्ड्रो(युभेन्टस) , फाग्नर (कोरिन्थियान्स), फिलिपे लुइस (एथलेटिको म्याड्रिड), राफिन्हा (बायर्न म्युनिख)

मिडफिल्डर : फर्नान्डिन्हो (म्यानचेस्टर सिटी), ग्युलियानो (जेनित) , लुकास लिमा (सान्तोस) , पौलिन्हो (ग्वानजौ एभरग्रेनेड) , कौटिन्हो(लिभरपुल) , रेनाटो अगुस्टो (बेइजिङ गुओन) , रोड्रीग्युन्हो (कोरिन्थियान्स), विलियन (चेल्सी)

स्ट्राइकर : डिएगो सौजा (एथलेटिको-पीआर), डगलस कोस्टा (बायर्न म्युनिख) , ग्याब्रियल जिसस (म्यानचेस्टर सिटी), टाईसन (शाक्तार डोनेस्क)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.