default_image

9 years ago

June 2, 2017

रियल र युभेन्टसको संयोजित एघारमा को पर्लान?

176 views

0 Bookmark

एजेन्सी – यस सिजनको च्याम्पियन्स लिगको फाइनल खेलमा रियल म्याड्रिड र युभेन्टस भिड्दैछन्। शनिबार हुने फाइनल खेलका लागि दुवै टोलीले आफ्नो तयारीलाइ अन्तिम चरणमा लगेका छन्। रियल लगातार दोश्रो पटक उपाधि उठाउने दाउमा छ भने युभेन्टस यसै सिजनको तेश्रो उपाधि जित्दै दुर्लभ सफलता हात पार्ने धुनमा हुनेछ।

रियल र युभेन्टस दुवैले प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेका छन्। रियल जारी प्रतियोगिताकै सर्वाधिक गोल गर्ने टोली हो भने युभेन्टस सबैभन्दा कम गोल खाने टोली रहेको छ। यी दुई टोलीको खेल पक्कै पनि उत्कृष्ट हुनेछ।

फाइनलमा आमने सामने हुने रियल म्याड्रिड र युभेन्टसको खेलाडी प्रयोग गरेर बनेको उत्कृष्ट एघार कस्तो होला त?

खेल्ने पद्दति: ४-३-३

गोलरक्षक: जियानलुइजी बुफोन

डिफेन्डर: ड्यानी आल्भेस, सर्जियो रामोस, लिओनार्डो बोनुची, मार्सेलो

मिडफिल्डर: मिरालेम प्यानिच, लुका मोड्रीच, टोनी क्रुस

फरवार्ड: पाउलो डीबाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिगुआइन

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.