default_image

9 years ago

June 3, 2017

हेड टु हेड : रियल म्याड्रिड विरुद्ध युभेन्टस

147 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल खेलमा शनिबार रियल म्याड्रिड र युभेन्टस उपाधिका लागि भिड्दैछन्। वेल्सको कार्डिफ मैदानमा हुने खेलमा रियल पहिलोपटक उपाधि रक्षा गर्ने दाउमा हुनेछ भने युभेन्टस यस सिजनको तेश्रो उपाधि जित्ने सुरमा हुनेछ।

यी दुई टोलीबिचको पछिल्ला ६ खेलमा युभेन्टसले ३ खेलमा जित हात पारेको छ भने रियल म्याड्रिडले १ खेल जितेको छ। २ खेल भने बराबरीमा टुंगिएको छ। यसक्रममा युभेन्टसले १० गोल गरेको छ भने रियलले ७ गोलमात्र गर्न सकेको छ।

यी दुई बिचको पछिल्लो खेल १-१को बराबरीमा सकिएको थियो सान्टियागो बर्नाबाउमा खेलिएको उक्त खेलमा रियलले पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोको गोलमा अग्रता लिएको थियो अल्भारो मोराटाले दोश्रो हाफमा युभेन्टसका लागि बराबरी गोल फर्काएका थिए। युभेन्टसको लागि गोल गरेका मोराटा हाल रियल म्याड्रिड फर्किसकेका छन्।

च्याम्पियन्स लिगको पछिल्ला ८ खेलमध्ये  युभेन्टसले ७ खेलमा जित हात पारेको छ। रियलले खेलेको पछिल्लो १२ च्याम्पियन्स लिग खेलमा २ गोल भन्दा बढी प्रहार भएको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.