7 years ago
June 4, 2017
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले शनिबार भएको युभेन्टसविरुद्धको च्याम्पियन्स लिग फाइनलमा २ गोल गर्दै आफ्नो टोलीको लागि लगातार च्याम्पियन्स लिग उपाधि पक्का गरे। यससँगै उनले व्यक्तिगत चौथो च्याम्पियन्स लिग उपाधि पनि हात पारे। रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा छंदा १ पटक च्याम्पियन्स लिग जितेका थिए भने म्याड्रिडमा रहेर पछिल्ला ४ सिजनमा उनले ३ उपाधि जितेका […]
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले शनिबार भएको युभेन्टसविरुद्धको च्याम्पियन्स लिग फाइनलमा २ गोल गर्दै आफ्नो टोलीको लागि लगातार च्याम्पियन्स लिग उपाधि पक्का गरे। यससँगै उनले व्यक्तिगत चौथो च्याम्पियन्स लिग उपाधि पनि हात पारे।
रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा छंदा १ पटक च्याम्पियन्स लिग जितेका थिए भने म्याड्रिडमा रहेर पछिल्ला ४ सिजनमा उनले ३ उपाधि जितेका छन्। शनिबार भएको फाइनल खेलको दुवै हाफमा १/१ गोल गरेका रोनाल्डोले च्याम्पियन्स लिगमा गोल संख्या १ सय ५ पुर्याएका छन्।
रोनाल्डोले उपाधि जितेकोमा खुसि व्यक्त गर्दै उनले जितेको उपाधिले उनको सफलताको बयान गर्ने बताए। “यो मेरो करियरकै उत्कृष्ट क्षणमध्य एक हो। तर म प्रत्यक सिजन यहि समयमा यो भनिरहेको हुन्छु। यसले मेरो करियरमा म सफल हुँदै गइरहेको र आलोचक हरुले प्रश्न उठाउन पाएका छैनन्।”
रोनाल्डोले २०औं मिनेटमा गोल गर्दै खेलमा रियललाई अग्रता दिलाएका थिए। उनकै दोश्रो हाफको गोलमा रियलले खेलमा २ गोलको अग्रता लिएको थियो।
April 19, 2024
एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]
April 19, 2024
एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]
April 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]