9 years ago
June 5, 2017
लन्डन (एजेन्सी)– बेल्जियमको राष्ट्रिय टोलीबाट प्रशिक्षण गर्दा घाइते भएपछि चेल्सीका स्ट्राइकर इडेन हाजार्डको गोलीगाठाको शल्यक्रिया गर्नु पर्ने भएको छ । टुबिजिको राष्ट्रिय फुटबल केन्द्रमा आइतबार अभ्यासका क्रममा उनलाई चोट लागेको थियो । उनको शल्यक्रिया भने लन्डनमा हुने भएको छ ।

चोट गम्भिर खालको भएकाले अब कम्तीमा आठ साता उनी मैदान बाहिर रहने अनुमान गरिएको छ । बेल्जियमले चेक गणतन्त्रणसँग हुने मैत्रीपूर्ण र त्यसपछि जुन ९ मा इस्टोनियविरुद्ध हुने विश्व कप छनोटमा उनको उपस्थिति हुने छैन ।
हेजार्डले चेल्सीको प्रि सिजन तयारी पनि गुमाउने सम्भावना छ । विश्व कप छनोटमा अहिले समूहको शीर्षस्थानमा रहेको बेल्जियमको दोस्रो स्थानको ग्रिसको भन्दा २ अंक बढी छ । यस्तोमा महत्वपूर्ण खेलाडी हेजार्डको भने टोलीलाई साथ नरहने भएको छ ।
आइतबार नै चेल्सीमा हजार्डको भविष्यलाई लिएर चर्चा सुरु भएको थियो । उनले पनि च्याम्पियन्स लिग विजेता रियल मड्रिडको प्रस्तावलाई आफुले सुनेको स्वीकारेका थिए । ‘हो मैले प्रस्ताव सुनेको हु । म उपाधि जित्न चाहन्छु । च्याम्पियन्स लिग जित्नु खुसीको विषय हो,’ उनले भनेका थिए,‘तर चेल्सी पनि च्याम्पियन्स लिग जित्न चाहन्छ । इमान्दारिता पूर्वक भन्नुपर्दा भविष्यमा के हुन्छ मलाई पनि थाहा छैन ।’
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]