चीन (एजेन्सी)–आइभोरी कोस्टका मिडफिल्डर चेइक टिओटेको ३० बर्षको उमेरमा निधन भनेको छ । चीनमा व्यावसायिक फुटबल खेल्दै आएका टिओटे प्रशिक्षणका दौरान अचानक ढलेर अचेत भएका थिए । थप उपचारका क्रममा उनको मृत्यु भएको हो ।
न्युकासलका पूर्व खेलाडी टिओटे फेब्रुअरीमा चीनको दोस्रो डिभिजन क्लब बेइजिङ इन्टरप्राइजेससँग आबद्ध भएका थिए । त्यसअघि न्युकासलसँग ७ वर्ष बिताएका टिओटेले इङ्लिस क्लब बाट १ सय ३९ लिग खेल खेलेका थिए ।