8 years ago
June 9, 2017
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज दक्षिण अमेरिकी फुटबलका दुई ठुला टोली ब्राजिल र अर्जेन्टिना आमनेसामने हुँदैछन्। अष्ट्रेलियामा हुने उक्त खेलमा ब्राजिलले आफ्ना केहि महत्त्वपूर्ण खेलाडीलाई विश्राम दिएको छ।

नेपाली समयानुसार दिनको ३ बजे सुरु हुने खेलमा अर्जेन्टिनाको कप्तानी लियोनल मेस्सीले गर्नेछन् भने ब्राजिलको कप्तानीको जिम्मा फिलिप कुटिन्होले पाएका छन्। अर्जेन्टिनाका लागि प्रशिक्षक जोर्गे साम्पाओलीको यो पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ र उनले सुखद नतिजासँगै आफ्नो करियरको सुरुवात गर्ने चाह देखाएका छन्। उनले आफ्नो उत्कृष्ट एघारलाइ मैदानमा उतार्ने आशा गरिएको छ।
ब्राजिलका प्रशिक्षक टिटेले यस खेलका लागि फरवार्ड नेयमार, रोबर्टो फिर्मिनो र डिफेन्डर ड्यानी आल्भेस, मार्सेलो र मार्कीन्होसलाइ विश्राम दिएका छन्। यद्दपी कुटिन्होसँगै डेविड लुइज, विलियन लगायतका खेलाडीहरुले भने सुरुवाती एघारमा स्थान बनाउनेछन्।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]