8 years ago
June 10, 2017
एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा पोर्चुगलले लाटभियालाई ३-०ले पराजित गरेको छ।

निकै प्रतिस्पर्धात्मक पहिलो हाफको ४१औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। दोश्रो हाफको ६३औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै रोनाल्डोले पोर्चुगलको अग्रता दोब्बर पारे। यो उनको जारी विश्वकप छनोटको ११औं गोल थियो।
६७औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै पोर्चुगलको जित सुनिश्चित पारेका थिए। जितसँगै पोर्चुगलले ३ महत्त्वपूर्ण अंक हात पारेको छ।
हिजै भएको समूह ‘बी’को अन्य खेलमा स्विट्जरल्यान्डले फरो आइल्याण्डलाई २-०ले पराजित गर्यो भने एन्डोर्रा छनोट चरणको पहिलो जित दर्ता गर्ने क्रममा हंगेरीलाई १-०ले हरायो।
समुहको अंक तालिकामा स्विट्जरल्यान्ड ६ खेलमा १८ अंकसहित शत प्रतिशत नतिजा लिएर शीर्ष स्थानमा छ भने दोश्रो स्थानमा १५ अंक बोकेको पोर्चुगल रहेको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]