एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत शुक्रबार भएको समूह ‘एच’ अन्तर्गतको खेलमा इस्टोनियालाई २-०ले पराजित गर्दै बेल्जियमले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ।
प्पहिलो हाफको ३१औं मिनेटमा ड्रिज मर्टेन्सको गोलसँगै बेल्जियम खेलमा अगाडी बढेको थियो। पछिल्लो खेलमा ग्रिससँग १-१को बराबरी खेलेको बेल्जियमका लागि ८६औं मिनेटमा नासेर चाड्लीले गोल गर्दै जित पक्का गरेका थिए। चोटका कारण बेल्जियमका लागि एडेन हजार्ड खेलेका थिएनन्।
समूह ‘एक’कै अन्य खेलमा साइप्रसले जिब्रालटारलाई २-१ले पराजित गर्यो। बोस्निया-हर्जगोभिना र ग्रिसले भने गोलरहित बराबरी खेल्दै १/१ अंक बाँडे।
यस नतिजासँगै समूह ‘एच’को अंक तालिकामा बेल्जियम ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ भने दोश्रो स्थानमा रहेको ग्रिसको १२ अंक छ। बोस्निया-हर्जगोभिना ११ अंक बोकेर तेश्रो स्थानमा रहेको छ।