8 years ago
June 12, 2017
एजेन्सी – फिफा विश्वकप २०१८को छनोट चरण अन्तर्गत समूह ‘आइ’को खेलमा क्रोएसियाले आइसल्याण्डको घरेलु मैदानमा १-०को हार व्येहोरेको छ। छनोटमा अपराजित रहेको क्रोएसियाको यो पहिलो पराजय हो।

हेडर म्याग्नसनले खेलको ९०औं मिनेटमा गोल गरेपछि आइसल्याण्डले घरेलु मैदानमा जित हात पारेको थियो। जिल्फी सिगर्डसनको कर्नरमा हेडर मार्फत गोल गर्दै म्याग्नसनले टोलीलाई ३ महत्त्वपूर्ण अंक दिलाएका थिए।
कप्तान लुका मोड्रीच, म्याटियो कोभाचिच जस्ता खेलाडीले औसत प्रदर्शन गरेपछि क्रोएसियाले पराजय भोगेको थियो। फरवार्ड मारियो मान्जुकिच र इभान पेरिसिचले मौकाहरुको सदुपयोग गर्न नसक्दा आइसल्याण्ड भाग्यमानी रहेको थियो।
समूहको अन्य खेलमा टर्कीले कोसोभोलाई ४-१ले पराजित गर्यो भने उक्रेनले पनि फिनल्याण्डलाई २-१ले हरायो।
यस जितसँगै आइसल्याण्डको पनि समूहको अंक तालिकामा १३ अंक जोड्दै दोश्रो स्थानमा रहेको छ। उतिनै अंक बोकेको क्रोएसिया राम्रो गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ।
खेलको भिडियो:
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]