स्पेन (एजेन्सी) – म्याड्रिड स्थित स्पेनिस न्यायाधिशहरुले रोनाल्डो माथि कर छलीको आरोप लगाउदै उनि विरुद्ध मुद्दा दर्ता गरेका छन् ।
रोनाल्डोले सन् २०११ देखि २०१४ सम्म करिब १५ मिलियन युरो कर छलेको स्पेनिस कर एजेन्सीले आरोप लगाउदै मुद्दा चलाएको हो । “रोनाल्डोले २०१० मा बनाइएको व्यापारीक संरचनाको प्रयोग गर्दै आफ्नो स्पेनको आम्दानी लुकाएका छन्, ” न्यायाधिशहरुको प्रेस वक्तव्यमा उल्लेख छ ।
न्यायाधिशहरुले यसै वर्षको जुन भित्रमा कर एजेन्सीले बुझाएको प्रमाणको आधारमा रोनाल्डो बिरुद्धको मुद्दा अघि सारेका हुन् । रोनाल्डोमाथि ब्रिटिस भर्जिन आइल्याण्ड र आयरल्याण्डको कम्पनीसँग मिलेर कर छलीमा सामेल भएको आरोप छ ।
रोनाल्डोले तीन बर्षको अवधिमा करिब ६ मिलियन युरो कर बुझाएका थिए । तर कर एजेन्सीका अनुसार उनले थप १५ मिलियन युरो बराबर कर छलेका छन् । कर एजेन्सीले रोनाल्डोविरुद्ध कर छलीको मुद्दा हाल्दै कम्तिमा ५ बर्ष जेल सजायको माग गरेको छ ।