default_image

8 years ago

June 14, 2017

१० खेलाडीमा सिमित फ्रान्ससँग इङ्ल्याण्ड पराजित

130 views

0 Bookmark

फ्रान्स (एजेन्सी) – ह्यारी केनले दुइ गोल गरेपनि १० खेलाडीमा सिमित घरेलु टोली फ्रान्ससँगको मैत्रीपुर्ण खेलमा इङ्ल्याण्ड ३-२ ले पराजित भएको छ ।
france

इङ्ल्याण्डका लागि ह्यारी केनले रायन बर्टर्यान्डको पासमा पोस्ट नजिकैबाट नवौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने स्यामुएल उम्टिटिले २२औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बराबरी गरेका थिए । फ्रान्सले जिब्रिल सिडिबेको गोलमा ४३औं मिनेटमा अग्रता लियो ।

दोस्रो हाफको सुरुवातमा राफेल भरानले डेले अलिलाई फल गरेपछि उनले रातो कार्डको सामना गरे । त्यहि फलमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै केनले पुनः गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा ल्याए।

इङ्ल्याण्डले भरानको रातो कार्डको फाइदा उठाउन सकेन । औसमाने डेम्बेलेको ७८औं मिनेटको गोलमा घरेलु मैदानमा १० खेलाडीमा सिमित फ्रान्सले पुनः अग्रता लियो । करिब १५ यार्डबाट गोल गर्दै दिलाएको अग्रतालाई कायमै राखेपछि फ्रान्सले खेल आफ्नो पक्षमा पारेको थियो ।

खेलको भिडियो:

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.