8 years ago
June 16, 2017
स्पेन (एजेन्सी) – स्पेनिस क्लब सिडी सेर्रानोका युवा प्रशिक्षक विपक्षी टोलीलाई २५-० हराएको कारण आफ्नै क्लबको बोर्डबाट बर्खास्त भएका छन्। क्लबको बोर्डले विपक्षी टोलीलाई अपमान गरेको भन्दै प्रशिक्षकलाई क्लबबाट निष्कासन गरेको हो।

क्लबका निर्देशक पाब्लो अल्काइडले प्रशिक्षकले समय अनुसार खेललाई नियन्त्रणमा लिन नसकेपछि यस्तो नतिजा आएको बताए। खेलपछि प्रशिक्षक र बोर्डको मिटिङमा भनाभन भएपछि क्लबले उनलाई बर्खास्त गरेको हो। प्रशिक्षक १० र ११ वर्षको युवा टोलीको मुख्य प्रशिक्षकका रुपमा कार्यरत थिए।
२५ गोल खाने बेनीकालाप भ्यालेन्सिया सहरको टोली हो। प्रतियोगितामा एकदम कमजोर मानिने टोलीले यसअघि पनि ठुलो हार व्येहोर्दै आएको थियो। सामान्यतया अन्य क्लबले १० गोल पछि गोल गन्न छाड्थे भने कतिपय क्लबले आफ्नो कमजोर टोली उतार्दै न्युनतम पास तय गरेर गोल सट प्रहार गर्ने गरेका थिए। उक्त क्लबले सिजनभर कुनै अंक जोड्न सकेन भने कुल २ सय ४७ गोल खाएको थियो।
बर्खास्त हुने प्रशिक्षकका वकिलले भने उक्त खेलमा प्रशिक्षकको कुनै गल्ति नरहेको बताए। “उनले खेलाडीहरुलाई विपक्षीको हाफमा बल नलखेट्न भनेका थिए। तर विपक्षीले कुनै खेलाडी परिवर्तन गरेन र निकै खुला छाडेपछि हाम्रा खेलाडीले गोल गरे।”
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]