8 years ago
June 16, 2017
एजेन्सी – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने निर्णय गरेका छन्। पोर्चुगलको दैनिक पत्रिकाहरुले जनाए अनुसार रोनाल्डोले कन्फेडेरेसन कप सकिएपछि स्पेन छाड्ने योजना बनाएका छन्।

पोर्चुगलको पत्रिका ए बोलाले जनाए अनुसार स्पेनिस कर कार्यालयका अधिकारीहरुको व्यवहार देखेर रुष्ट भएका रोनाल्डोले स्पेननै छाड्ने मनसाय बुनेका हुन्। स्पेनका कर कार्यालयका अधिकारीहरुले रोनाल्डोलाई कर छलीको आरोप लगाएका थिए। रोनाल्डोले उक्त आरोपको खण्डन गर्दै आएका छन् र त्यसकै कारण क्लब छाड्ने ‘अपरिवर्तनीय’ निर्णय लिएका हुन्।
४ पटकका ब्यालन डी’ओर विजेता रोनाल्डोले इन्स्टाग्राममा चुप लाग्ने संकेत दिएको तस्बिर राखेका छन्। उनले उक्त तस्बिरमा “कहिलेकाँही चुप लाग्नु नै उत्तम निर्णय हुन्छ” भनेर लेखेका छन्।
रोनाल्डोले सन् २०१६को नोभेम्बरमा रियल म्याड्रिडसँग नयाँ करार गरेका थिए। त्यस समयमा उनले आफु ४१ वर्षसम्म पनि रियलबाटै खेल्ने बताएका थिए। रियल म्याड्रिडले यस सिजन स्पेनिस ला लिगा र युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्दा निकै महत्त्वपूर्ण भूमिका खेलेका थिए।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]