default_image

8 years ago

June 17, 2017

कन्फेडेरेसन कपको लागि कस्तो छ जर्मनीको टोली?

132 views

0 Bookmark

एजेन्सी – फिफा कन्फेडेरेसन कप २०१७ शनिबारबाट रसियाको सोचिमा सुरु हुँदैछ। ६ महादेशका च्याम्पियन टोलीसँगै विश्वकप विजेता र आयोजक टोलीले खेल्ने यस प्रतियोगितामा जर्मनी विश्वकप विजेताको हैसियतले सहभागी हुँदैछ।

रशिक्षक जोकिम लोले अर्को महिनाबाट सुरु हुने फिफा कन्फेडेरेसन कपको लागि युवा खेलाडीहरुलाई प्राथमिकतामा राखेर २३ सदस्यीय टोलीको घोषणा गरेका छन्। विश्वकप विजेता टोलीका अधिकांश सदस्यहरुलाई अर्को वर्ष हुने विश्वकपका लागि मध्यनजर गर्दै विश्राम दिइएको जर्मन फुटबल फेडेरेसनले जनाएको छ।

आर्सनलका मेसुट ओजिलसँगै युभेन्टसका सामी खेडिरा, बोरुसिया डर्टमुण्डका मारको रीउस, जुलियन वाइगल लगायतका खेलाडीहरुले विश्राम पाएका हुन्। बायर्न म्युनिखबाट खेल्दै आएका थोमस मुलर, म्याट्स हमल्स, जेरम बोटेङ र म्यनुएल नोएरपनि टोलीमा परेका छैनन्। रियल म्याड्रिडबाट खेल्दै आएका मिडफिल्डर टोनी क्रुसलाई पनि विश्राम दिइएको छ।

यद्दपी प्रिमिएर लिगमा खेलिरहेका म्यानचेस्टर सिटिका लेरोए साने, आर्सनलका स्कोडरान मुस्ताफी र लिभरपुलका एम्रे च्यान भने टोलीमा परेका छन्।

पूर्ण टोली:

गोलरक्षक: बर्न्ड लेनो, मार्क आन्द्रे टर स्टेगन, केभिन ट्रयाप

डिफेन्डर: माथियास जिन्टर, जोनास हेक्टर, बेन्जामिन हेन्रिक्स, जोसुआ किम्मिच, स्कोडरान मुस्ताफी, मार्भिन प्लाटेनहार्ट, एन्टोनियो रुडीगर, निकलस सुल

मिडफिल्डर: जुलियन ब्रान्ट, एम्रे च्यान, केरेम डेमिरबे, डिएगो डेम्म, जुलियन ड्रयाक्स्लर, लिओन गोरेट्जका, सबास्टिएन रुडी, लेरोए सानेम अमिन युनेस

फरवार्ड:लार्स स्टिन्डल, स्यान्ड्रो वाग्नर, टिमो वेर्नर

नेपाली मिति र समयमा कन्फेडेरेसन कपको खेल तालिका हेर्न यहाँ थिच्नुहोस्

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.