default_image

8 years ago

June 17, 2017

कन्फेडेरेसन कपका केहि रोचक तथ्यहरु

99 views

0 Bookmark

एजेन्सी – रसियामा आयोजना हुन गइरहेको फिफा कन्फेडेरेसन कपको दशौँ संस्करणमा ८ टोलीले सहभागिता जनाएका छन्। ४ओटा सहरका ४ फरक रंगशालामा खेलाइने प्रतियोगितामा कुल १६ खेल हुनेछन्।

३० राष्ट्रका विभिन्न ११८ क्लबहरुका खेलाडीहरुले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दैछन्। बायर लेभर्कुसन, पोर्टो, स्पार्टाक मस्को, स्पोर्टीङ लिस्बन र वेलीङटन फिनिक्सका सर्वाधिक ५/५ खेलाडी सहभागी रहेका छन्।

रसियाबाट यस प्रतियोगितामा खेल्ने सम्पूर्ण खेलाडीहरु रसियाकै घरेलु लिग खेल्ने खेलाडीहरु रहेका छन्।

मेक्सिकोका राफेल मार्केज प्रतियोगिताकै सबैभन्दा बढी उमेर भएका खेलाडी हुन्। उनको उमेर ३८ वार्स ४ महिना रहेको छ।

न्युजिल्याण्डका प्रशिक्षक एन्थोनी हड्सन प्रतियोगिता इतिहासकै सबैभन्दा युवा प्रशिक्षक बन्ने भएका छन्। ३६ वर्ष ९८ दिन उमेर भएका हड्सनले यसअघि सन् १९९५मा नाइजेरियाका प्रशिक्षक शैबू अमोदुले राखेको किर्तिमान तोड्न लागेका हुन्। उनि ३६ वर्ष २ सय ६३ दिनका थिए।

चिलीको राष्ट्रिय टोलीको औसत उमेर २९ वर्ष १ महिना रहेको छ जुन प्रतियोगिता इतिहासकै सबैभन्दा बढी हो। यता जर्मनीले भने २४ वर्ष ४ महिना औसत उमेर भएको टोलीलाई रसियामा उतार्दैछ।

न्युजिल्याण्डका डेन इङघम जारी प्रतियोगिताकै सबैभन्दा कम उमेरका खेलाडी हुन्। उनि भर्खर १८ वर्षका भए। सन् २००९मा न्युजिल्याण्डकै क्रिस वुडले १७ वर्षको उमेरमा खेल्दै इतिहास कायम गरेका छन्।

मेक्सिकोले सातौंपटक कन्फेडेरेसन कपमा सहभागिता जनाउदै छ। मेक्सिकोसँगै ब्राजिलले पनि ७ पटक सहभागिता जनाएको छ। मेक्सिको जारी प्रतियोगितामा यसअघि उपाधि जितेको एकमात्र टोली हो।

ब्राजिलले कन्फेडेरेसन कपको उपाधि कीर्तिमानी ४ पटक जितेको छ। उसले सन् १९९७, २००५, २००९ र २०१३मा उपाधि जित्दै इतिहास कायम गरेको थियो।

यसपाली प्रतियोगितामा ३ युरोपियन टोलीको सहभागिता रहेको छ। एकै संस्करणमा २ भन्दा बढी टोलीको सहभागिता रहेको यो पहिलोपटक हो।

अहिलेसम्म कुनै पनि विदेशी प्रशिक्षक रहेको टोलीले कन्फेडेरेसन कपको उपाधि जित्न सकेको छैन। यसपाली दावेदार मानिएका पोर्चुगल र जर्मनीको प्रशिक्षक स्वदेशीनै रहेका छन्।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.