8 years ago
June 18, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार भएको उद्घाटन खेलमा आयोजक राष्ट्र रसियाले जित हासिल गरेको छ। न्युजिल्याण्डलाई २-०ले पराजित गर्दै रसियाले विजयी सुरुवात गरेको हो।

खेलमा अधिकांश समय हावी देखिएको रसियाले थुप्रै मौकाहरु गुमाएको थियो। पहिलो हाफको ३१औं मिनेटमा न्युजिल्याण्डका माइकल बक्सअलले आत्मघाती गोल गरेपछि घरेलु टोलीले अग्रता लिएको थियो।
मध्यान्तरसम्म १ गोलको अग्रता बनाएको रसियाले दोश्रो हाफमा अग्रता दोब्बर पार्यो। ६३औं मिनेटमा फेदोर स्मोलोभले गोल गर्दै रसियाको जित पक्का गरेका थिए। रसियाले जितसँगै अंक तालिकामा ३ महत्त्वपूर्ण अंक जोडेको छ।
आज हुने खेलमा समूह’ए’ अन्तर्गत पोर्चुगल र मेक्सिकोले नेपाली समयानुसार रातको ८:४५ बजे खेल्दैछन्। ११:४५ बजे हुने खेलमा भने समुह ‘बी’का क्यामरुन र चिली भिड्नेछन्।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]