8 years ago
June 19, 2017
एजेन्सी – फिफा कन्फेेडेरेसन कप अन्तर्गत आइतबार भएको दोश्रो खेलमा क्यामरुनलाई २-०ले पराजित गर्दै चिलीलो विजयी सुरुवात गरेको छ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केहि अवसर पाएपनि सदुपयोग गर्न नसक्दा खेलको अधिकांश समय गोलरहित बराबरीमा अडेको थियो। तर ८२औं मिनेटमा आर्टुरो भिडालले चिलीका लागि गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको अन्तिम मिनेटमा एडुआर्डो भार्गासले गोल गरेपछि चिली २-०ले विजयी रह्यो।
जितसँगै समूह ‘बी’को अंक तालिकामा चिलीले ३ महत्त्वपूर्ण अंक जोडेको छ। समूह अन्तर्गत आज जर्मनी र अष्ट्रेलियाले आफ्नो पहिलो खेल खेल्नेछन्।
यसअघि आइतबार भएको पहिलो खेलमा पोर्चुगल र मेक्सिकोले २-२को बराबरी खेलेका थिए।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]