8 years ago
June 21, 2017
एजेन्सी – युभेन्टस एवं ब्राजिलको राष्ट्रिय टोलीका फुलब्याक ड्यानी आल्भेस इटालीयन क्लब छाडेर इङ्गलिस प्रिमियर लिग आउने भएका छन्। बार्सिलोनाका पूर्वखेलाडी आल्भेस २ सिजन अघिमात्र युभेन्टस पुगेका थिए।

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी उनको नयाँ गन्तव्य हुने भएको छ। प्रशिक्षक पेप गुआर्डिओलाले पुन: आल्भेसलाई आफ्नो टोलीमा अनुबन्धन गर्न चाहेका हुन्। यसअघि यी दुईले बार्सिलोनामा पनि सँगै रहेर काम गरेका थिए। आल्भेसलाई सिटिले २ वर्षको अनुबन्धनमा राख्ने बुझिएको छ।
यद्दपी चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले पनि आल्भेसलाई चेल्सीमा भित्र्याउन प्रयास गरेका छन्। गत सिजन मिडफिल्डर भिक्टर मोसेसलाई फुलब्याक पोजिसनमा खेलाएका उनले यसपाली भने प्राकृतिक रुपमै त्यस ठाउँमा खेल्ने खेलाडी खोजिरहेका छन्।
आल्भेसले युभेन्टससँग आफुले क्लब छाड्नेबारे कुरा गरिसकेको र छिट्टै क्लबले त्यसबारे सार्वजनिक विज्ञप्ति जारी गर्ने सम्भावना रहेको छ। उनले सिटीसँग मौखिक सम्झौता गरिसकेका छन् जसअन्तर्गत उनले अहिले युभेन्टसमा पाएको भन्दा केहि बढि तलब पाउनेछन्।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]