default_image

8 years ago

June 21, 2017

यू २१ युरो कप : पोर्चुगललाई हराउदै स्पेन सेमिफाइनलमा

120 views

0 Bookmark

पोल्याण्ड (एजेन्सी) – लगातार दोस्रो जितसँगै स्पेन पोल्याण्डमा जारी यू २१ युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह चरणको खेलमा पोर्चुगललाई ३–१ ले हराउँदै स्पेनले लगातार दोस्रो सफलता हासिल गर्यो । त्यो जितपछि टोलीले अन्तिम चारको यात्रा तय गरेको छ । पोर्चुगल १ जीत र १ हार सहित दोस्रो स्थानमा छ ।

Spain

एट्लेटिको म्याड्रिडका मिडफिल्डर साउल निग्वेजले २१ औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफमा बार्सिलोनाका पूर्व स्ट्राइकर स्यान्ड्रो रामिरेजले गोल गर्दै स्पेनको अग्रता दोब्बर गरे । पोर्चुगलका लागि ब्रुमाले ७७ औं मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि त्यसपछि कुनै गोल गर्न भने सकेन ।

एथलेटिक बिल्बावोका फरवार्ड इनाकी विलियम्सले इन्जुरी समयमा गोल थप्दै स्पेनको गोलअन्तरलाई बढाए । प्रतियोगिता अन्तर्गत समूह ‘बी’ मा सर्बिया र म्यासेडोनिया २–२ को बराबरीको बराबरी खेले । त्यसअघि स्पेनले म्यासेडोनियालाई ५–० र पोर्चुगलले सर्बियालाई २–० ले हराएको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.