8 years ago
June 21, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत समूह चरणको दोश्रो खेलमा पोर्चुगलले आयोजक रसियाको सामना गर्दैछ। पहिलो खेलमा मेक्सिकोसँग २-२को बराबरी खेलेको पोर्चुगलले समूहको शीर्षस्थानमा रहेको रसियालाई हराउँदै पहिलो जित हात पार्ने सोच हुनेछ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पहिलो खेलमा ‘म्यान अफ द म्याच’ भएपनि उनको प्रदर्शनको आलोचना भएको थियो। पहिलो गोलमा असिस्ट उपलब्ध गराएका रोनाल्डोले केहि मौका गुमाएका थिए। प्रशिक्षक फर्नान्डो सान्टोसले खेलको अघिल्लो दिन पत्रकारसँग बोल्दै रोनाल्डो टोलीको उत्कृष्ट प्रदर्शनको लागि केन्द्रित रहेको बताए।
“हामीले भोलि निकै महत्त्वपूर्ण खेल खेल्दै छौं। सबै खेलाडीहरु आफ्नो कप्तानजस्तै खेलको लागि केन्द्रित रहेका छन्। हामी राम्रो प्रदर्शन गर्नेछौँ भन्नेमा म विश्वस्त छु।”
डिफेन्डर पेपेले पनि टोली खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए। उनले पोर्चुगल यस्तो प्रतियोगितामा पहिलो सहभागिता रहेको र सकेसम्म राम्रो प्रदर्शन गर्ने धुनमा रहेको बताए।
पोर्चुगल र रसियाबिचको खेल रातको ८:४५ बजे सुरु हुनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]