8 years ago
June 21, 2017
स्पेन (एजेन्सी) – रियल म्याड्रिडमा रहँदाको समयमा कर छली गरेको आरोपमा पिएसजीका मिडफिल्डर एन्जन डी मारियालाई १ वर्ष जेल सजाय र १.७६ मिलियन पाउण्ड जरिवाना सनाइएको छ ।

रियलमा सन् २०१० देखि २०१४ सम्म रहदा डी मारियाले १.१६ मिलियन पाउण्ड सम्म छलेको देखिएपछि उनलाई दोषी ठहर्याइएको हो । उनले आफ्नो तस्बिर प्रायोग गर्ने अधिकार सम्बन्धि मामलामा ठगि गरेको पाइएको हो । उनले स्पेनिस कर अधिकारीसँग सम्झौतामा आएर जरिवाना तिर्ने सर्तमा सहमत भएपछि उनि बिरुद्द मुद्धा चलेन ।
स्पेनको नियम अनुसार पहिले आपराधिक इतिहास नहुदा दुइ वर्षसम्मको जेल सजाय माफ हुने भएकाले उनको जेल सजाय भने माफ हुनेछ । २०१४मा रियल छोडेका डी मारिया १ वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएपछि पिएसजीसँग आबद्ध भएका थिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]