default_image

8 years ago

June 21, 2017

माल्डिनीले व्यवसायिक टेनिस प्रतियोगिता खेल्ने

117 views

0 Bookmark

एजेन्सी – एसी मिलान एवं इटालीको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी पाओलो माल्डिनी एटिपी च्यालेन्ज टुर अन्तर्गतको व्यवसायिक टेनिस प्रतियोगिताको लागि छनोट भएका छन्। ४८ वर्षीय माल्डिनी एस्प्रिया टेनिस कपको डबल्समा सहभागिता जनाउँदे छन्।

राष्ट्रिय फुटबल टोलीका लागि १ सय २६ क्याप जितेका माल्डिनीले छनोट प्रतियोगितामा आफ्नो पार्टनर स्टेफानो ल्यान्डोनियोसँग राम्रो प्रदर्शन गरेका थिए। कुनै समय ९ सय ७५ वरियतामा रहेका स्टेफानोले सन् २००९देखि माल्डिनीलाई प्रशिक्षण दिंदै आएका थिए।

जुन २९ देखि सुरु हुने च्यालेन्ज टुर इभेन्ट,एस्प्रिया टेनिस कप माल्डिनीको घरेलु सहर मिलानमा हुँदैछ।

मिलानमा बिताएका ३१ वर्षे फुटबल करियरमा माल्डिनीले ७ पटक घरेलु लिग र ५ पटक च्याम्पियन्स लिग जितेका थिए।

एस्प्रिया टेनिस कप सुरु हुमे दिन उनि ४९ वर्षका हुनेछन्। यस प्रतियोगितामा १६ डबल्स जोडीले प्रतिस्पर्धा गर्नेछन्।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.