8 years ago
June 22, 2017
एजेन्सी – यू-२१ युरो च्याम्पियनसिप अन्तर्गत बुधबार राती भएको समूह ‘सी’को खेलमा चेक गणतन्त्रले इटालीलाई ३-१ले पराजित गरेको छ।

तुलनात्मक रुपमा खेलमा केहि बलियो पकड बनाएपनि अवसरहरुको सदुपयोग गर्न नसक्दा इटालीले समूह चरणमा हार व्यहोर्नुपरेको हो। खेलको २३औं मिनेटमा माइकल ट्राभ्निकले गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए। तर, दोश्रो हाफको ७०औं मिनेटमा डोमेनिको बेरार्डीले गोल गर्दै इटालीलाई बराबरीमा ल्याए।
खेलको ७९औं मिनेटमा मारेक हाभ्लिकले गोल गर्दै चेकलाई पुन: अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटमै माइकल लुफ्टनरले गोल गर्दै चेकको जित पक्का गरेका थिए। एसी मिलानका गोलरक्षक जियानलुइजी डोनारुम्माले आशातीत प्रदर्शन गर्न नसकेपछि इटालीले नतिजा सुम्पनु परेको थियो।
यस नतिजासँगै इटाली र चेकको समान ३/३ अंक भएको छ। समूहको अन्तिम खेलमा इटालीले जर्मनीको सामना गर्दैछ भने चेकले डेनमार्कसँग खेल्नेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]