default_image

8 years ago

June 23, 2017

जितसँगै इङ्गल्याण्ड सेमिफाइनलमा

137 views

0 Bookmark

एजेन्सी – आयोजक पोल्याण्डलाई पराजित गर्दै इङ्गल्याण्ड युरोपेली यू-२१ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहिबार राती भएको समूह ‘ए’को खेलमा इङ्गल्याण्डले ३-०को जित हात पारेको हो।

लेस्टर सिटिबाट व्यवसायिक फुटबल खेल्दै आएका डेमारे ग्रेले छैटौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। जेकब मर्फीले ६९औं मिनेटमा दोश्रो गोल गरेका थिए।

पोल्याण्डका डिफेन्डर बेड्नारेकले ट्यामी अब्राहमलाई बक्स भित्र लडाएपछि इङ्गल्याण्डले पेनाल्टि पाएको थियो। लेविस बेकरले ८२औं मिनेटमा पेनाल्टिबाट गोल गर्दै जित सुनिश्चित पारेका थिए।

३ खेलमा ७ अंक जोडेको इङ्गल्याण्डले समूह विजेता बन्दै सन् २००९ पछि पहिलोपटक सेमीफाइनलमा स्थान बनाएको हो। समूहकै अर्को खेलमा स्लोभाकियाले स्विडेनलाई ३-०ले पराजित गर्यो। प्रतियोगिताको साविक विजेता स्विडेन यस हारसँगै प्रतियोगिताबाट बाहिरीएको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.