default_image

7 years ago

June 24, 2017

मेस्सीको ३० औं जन्मदिन र उनका ३० तथ्य

काठमाडौं (हाम्रो खेलकुद)- अर्जेन्टिना र बार्सिलोनाका सुपरस्टार लियोन मेस्सी शनिबार ३० बर्ष पुग्दै छन् । उनको जन्मदिनको अवसर पारेर उनका ३० रोचक तथ्य हामीले तयार पारेका छौ । १. अंक ३० – मेस्सी ३० बर्ष पुग्दा उनको बार्सिलोनाको पहिलो खेलको स्मरण गर्दा ३० अंक निकै महत्वपूर्ण छ । उनले पहिलो खेलमा ३० नम्बर अंकित जर्सी […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अर्जेन्टिना र बार्सिलोनाका सुपरस्टार लियोन मेस्सी शनिबार ३० बर्ष पुग्दै छन् । उनको जन्मदिनको अवसर पारेर उनका ३० रोचक तथ्य हामीले तयार पारेका छौ ।

१. अंक ३० – मेस्सी ३० बर्ष पुग्दा उनको बार्सिलोनाको पहिलो खेलको स्मरण गर्दा ३० अंक निकै महत्वपूर्ण छ । उनले पहिलो खेलमा ३० नम्बर अंकित जर्सी लगाएका थिए ।

Messi

२. डेको बाहिर , मेस्सी भित्र – अक्टोबर २००४ मा १७ वर्षको उमेरमा बार्सिलोनाको लागि पहिलो खेल खेल्दा मेस्सी पोर्चुगेली स्टार डेकोको ठाँउमा मैदान प्रवेश गरेका थिए ।

३. मे १, २००५– बार्सिलोनाबाट पहिलो खेल खेलेको साढे सात महिना पछि मे १ , २००५ का दिन मेस्सीले टोलीका लागि पहिलो गोल गरेका थिए । उनले ला लिगमा घरेलु मैदानमा अल्बासेटविरुद्ध गोल गरेका थिए । त्यस समयमा ला लिगमा गोल गर्ने मेस्सी बार्सिलोनाका सबै भन्दा कम उमेरका खेलाडी थिए । रोनाल्डिन्होको असिस्टमा गोल गरेका मेस्सीले उनको काँधमा चढेर पहिलो गोलको खुसीयाली साटेका थिए ।

ronaldinho and messi

४. ९० सेकेन्डको डेब्यू –अर्जेन्टिनाका लागि पहिलो खेल खेल्दा मेस्सी १८ वर्षका थिए । दोस्रो हाफमा मौका पाएका मेस्सीले पहिलो पटक बल छुदा उनलाई हंगेरीका भिल्मोस भांकज्याकले फाउल गरे । त्यसमा आक्रोषित हुदै प्रतिक्रिया देखाएका मेस्सी मैदान प्रवेश गरेको ९० सेनेन्डपछि सोझै रातो कार्ड पाएर बाहिरिएका थिए । मेस्सीको खेल जीवनको त्यो एकमात्र रातो कार्ड हो ।

५. ओलम्पिक गोल्ड– मेस्सीले अर्जेन्टिनाका लागि २००८ को बेजिङ ओलम्पिकमा स्वर्ण पदक जितेका थिए । प्रतियोगितामा मेस्सीले २ गोल गरेका थिए । नाइजेरियविरुद्धको फाइनलमा अर्जेन्टिनाका लागि एन्जल डी मारियाले गोल गरेका थिए ।

६. ६० बर्षे कीर्तिमान भंग – मार्च २०१२ मा मेस्सीले बार्सिलोनाका लागि गोल गर्दै सेसार रोड्रीग्वेजको ६० वर्ष पुरानो कीर्तिमान तोडेका थिए । ग्रानाडाविरुद्धको खेलमा गरेको त्यो क्लबका लागि मेस्सीको २ सय ३३ औं गोल थियो ।

७. गिनिज वल्र्ड रेकर्ड – २०१२ मा एक सिजनमा ९१ गोल गर्दै मेस्सीले गर्ड मुलरको ८५ गोलको विश्व किर्तिमान भंग गरेका थिए ।

८. बालोन डि ओर – मेस्सीले २००९ देखि २०१२ सम्म लगातार र २०१५ मा गरेर पाँच पटक बालोन डि ओर अवार्ड जितेका थिए ।

९. २००७ यताको विश्व ११ – मेस्सी २००७ यताको हरेक फिफा फिफा प्रो वल्र्ड ११ मा पर्न सफल छन् । रियलका रोनाल्डो पनि २००७ देखिको हरेक वर्ष मेस्सीसँगै अटाएका छन् ।

१०. एकमात्र उपाधि बिहिन सिजन – मेस्सी बार्सिलोनामा एक सिजन मात्र उपाधि विहिन हुनु परेको छ । २००७/०८ मा ला लिगामा तेसो स्थानमा अन्त्य गरेको बार्सिलोना त्यो सिजन च्याम्पियन्स लिग र कोपा डेल रे को सेमिफाइनलबाट बाहिरिएको थियो ।

११. दुइ ट्रेबल – पहिलो पटक उपाधि विहिन बनेपनि अर्को सिजन २००८/०९ मा बार्सिलोनाले तेहेरो उपाधि जितेको थियो । एकै सिजन ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जित्ने बार्सिलोना पहिलो टोली बन्यो । मेस्सीले त्यो सिजन बार्सिलोनाका लागि ३८ गोल गरे । मेस्सीले पुनः २०१४/१५ मा बार्सिलोनासँग ट्रेबल जितेका थिए ।

१२. ३० उपाधि – मेस्सीले बार्सिलोनाबाट ३० उपाधि जितिसकेका छन् । ८ ला लिगा , ४ च्याम्पियन्स लिग , ५ कोपा डेल रे , ३ युइएफए सुपर कप , ७ स्पेनिस सुपर लिग र ३ क्लब विश्व कप गरेर मेस्सीले बार्सिलोनासँग ३० उपाधि जितेका छन् ।

१३. ४ फाइनलमा पराजय – मेस्सीले अर्जेन्टिनाबाट खेल्दा ४ वटा फाइनलमा हार बेहोर्नु परेका छ । २०१४ को विश्व कप फाइनल र तिन कोपा अमेरिकामा गरेर मेस्सीले अर्जेन्टिनाबाट सबै फाइनल हारेका थिए ।

१४. सन्यासबाट फिर्ता – २०१६ को कोपा अमेरिकामा चिलीसँग फाइनलमा पराजय भोग्दा मेस्सी पेनाल्टीमा चुके पछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणाका थिए । राष्ट्रपति लगायतको दबाबपछि मेस्सी १ महिनामा आफ्नो निर्णयबाट पछि हट्दै अन्तर्राष्ट्रिय फुटबलमा फर्केका थिए ।

१५. प्रायोजकका प्रतिमा – मेस्सीको तस्बिर फिफा र प्रो इभोलुसन सकार दुवै भिडियो गेमको कभरमा प्रयोग भएको छ । त्यस्तै एडिडास , पेप्सी र टर्किस एयरलाइन्सको विज्ञापनमा पनि देखा परेका मेस्सी धेरै पटक फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सुचीमा परेका छन् ।

१६. १.२१७ गोल औसत – २०११/१२ सिजन मेस्सी का लागि उत्कृष्ट सिजन रह्यो । हरेक खेलमा १.२१७ को औसतमा गोल गर्दै मेस्सीले बार्सिलोनाबाट ६० खेलमा ७३ गोल गरे ।

१७. २०११/१२ को ५० गोल – मेस्सी २०११/१२ मा ला लिगको एकै सिजनमा ५० गोल गर्ने पहिलो खेलाडी बने । मेस्सीले ५० गोल गरेपनि त्यो सिजनको उपाधि रियल म्याड्रिडले जित्यो ।

१८. ३ सय ४९ लिग गोल – टेल्मो जारको २ सय ५२ गोल को कीर्तिमान तोड्दै मेस्सी २०१५ मा ला लिगाको सर्वाधिक गोल गर्ने खेलाडी बने । हाल उनको नाममा ३ सय ४९ला लिगा गोल छ । जुन रियलका रोनाल्डोको भन्दा ६४ गोल धेरै हो ।
१९.७४ पेनाल्टी – मेस्सीले ७४ गोल पेनाल्टीबाट गरेका छन् भने २० पेनाल्टीमा चुकेका छन् । उनले करियरको कुल गोल मध्ये १३.१ प्रतिशत पेनाल्टीबाट गरेका हुन् ।

२०. ८४ प्रतिशत लेफ्ट फुटेड – मेस्सीले ४ सय ६२ गोल बायाँ खुट्टाबाट गरेका छन् , जुन ८२ प्रतिशत हो । त्यस्तै उनले ७७ गोल दायाँ खुट्टा र २४ गोल हेडरबाट गरेका छन् ।

२१. एक हाते गोल – खुट्टा र हेडर बाहेक मेस्सीका २ गोल अन्यको सुचीमा परेका छन् । जस मध्ये १ गोल विवादास्पद थियो । इस्प्यान्योलविरुद्ध २००७ को गोलमा मेस्सीको हात प्रयोग भएको थियो ।

२२. छातिको गोल – अन्यु सुचीमा परेको २ मध्ये अर्को गोल मेस्सीको छातिमा लागेर जाली चुमेको थियो ।

२३. एकमात्र अतिरिक्त समयको गोल – २००९ को क्लब विश्वकपको फाइनलमा अर्जेन्टिनाको क्लब इस्टुड्यानटेसमा मेस्सीले चेस्टेड गोल गरेका थिए । सोही खेलको अतिरिक्त समयमा गोल गरेका मेस्सीले १ सय१० मिनेटमा गोल गर्दै बार्सिलोनालाई उपाधि जिताएका थिए । ९० मिनेटको समयको बराबरीपछिको अतिरिक्त समयको त्यो गोल मेस्सीको अहिलेसम्मको एकमात्र अतिरिक्त समयको गोल हो ।

२४. लेट गोल – मेस्सीले ७६ औं मिनेटदेखि देखि अन्तिम सयमसम्म १ सय ४१ गोल गरेका छन् । जस मध्ये यसै सिजनको एल क्लासिकोको निर्णायक गोल पनि एक हो ।

messi

एल क्लासिको इन्जुरी समयमा निर्णायक गोल गरेपछि खुसीयाली मनाउँदैछ मेस्सी ।

२५. बक्स बाहिरका गोल – मेस्सीले करियरमा अहिलेसम्म ८८ गोल बक्स बाहिरबाट गरेका छन् ।

२६. सेभिल्लासँगको रेकर्ड – मेस्सीले ६ वटा स्पेनिस क्लबलाई २० भन्दा धेरै गोल गरिसकेका छन् । जसमध्ये सेभिल्लाविरुद्ध सर्वाधिक २९ गोल गरेका छन् । मेस्सीले रियल म्याड्रिडविरुद्ध २३ गोल गरेका छन् ।

२७. चार / चार– स् मेस्सीले चार पटक एकै खेलमा ४ गोल गरेका छन् ।

२८. पाँच गोलको कीर्तिमान – मेस्सीले २०१२ को च्याम्पियन्स लिगमा बायर लिभरकुसेनविरुद्धको खेलमा पाँच गोल गर्दै च्याम्पियन्स लिगको एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।

२९. चार गोल्डेन शु – मेस्सी चार पटक युरोपको सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्, जो रियलका रोनाल्डोसँग बराबर हो ।

३०. २००८/०९ यता ४० – मेस्सीले २००८/०९ को सिजन पछिको हरेक सिजनमा बार्सिलोनाका लागि ४० भन्दा धेरै गोल गरेका छन् ।

–एजेन्सीको सहयोगमा

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.