default_image

7 years ago

June 23, 2017

चिलीका स्यान्चेजको नाममा नयाँ कीर्तिमान

रुस (एजेन्सी)– रुसमा जारी कन्फेडेरेसन कपमा जर्मनीसँगको बराबरीमा गोल गरेका एलेक्सिस स्यान्चेज चिलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । गए राती चिलीले जर्मनीसँग समूह चरणको खेलमा १–१ को बराबरी खेल्दा स्यान्चेचले नै पहिलो गोल गरेका थिए । उनले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । राष्ट्रिय टोलीबाट त्यो उनको ३८ औं गोल […]

23 views

0 Bookmark

रुस (एजेन्सी)– रुसमा जारी कन्फेडेरेसन कपमा जर्मनीसँगको बराबरीमा गोल गरेका एलेक्सिस स्यान्चेज चिलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । गए राती चिलीले जर्मनीसँग समूह चरणको खेलमा १–१ को बराबरी खेल्दा स्यान्चेचले नै पहिलो गोल गरेका थिए ।
Sanchez

उनले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । राष्ट्रिय टोलीबाट त्यो उनको ३८ औं गोल थियो । मार्सेलो सालासको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमानलाई तोड्दै स्यान्चेजले नयाँ कीर्तिमान बनाउका हुन् ।

स्यान्चेजले राष्ट्रिय टोलीबाट १ सय १२ खेल खेलिसकेका छन् । क्यामरुनसँगको २–० को जितमा वैकल्पिक खेलाडीका रुपमा प्रवेश गरेका आर्सनलका स्ट्राइकर स्यान्चेजले सन् २००६ मा न्युजिल्यान्डविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट ‘डब्यू’ गरेका थिए । उनले २००७ को सेप्टेम्बरका देशका लागि पहिलो गोल गरेका थिए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.