8 years ago
June 24, 2017
पोल्याण्ड (एजेन्सी) – पोल्याण्डमा जारी युरोपेली यू २१ च्याम्पियनसिप अन्तर्गतको समुह चरणको खेलमा स्पेनले सर्बियालाई १-०ले पराजित गरेको छ। लगातार तेस्रो जीत सँगै स्पेन समुह बिजेता हुदै सेमिफाइनल प्रवेश गरेको छ । स्पेनको जीतमा बार्सिलोनाका मिडफिल्डर डेनिस स्वारेजले खेलको निर्णायक गोल गरेका थिए ।

एक खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेको स्पेनले सुरुवात देखि खेल आफ्नो नियन्त्रणमा लिएको थियो। खेलको ३७औं मिनेटमा स्वारेजले गोल गर्दै प्रतियोगिताको दावेदार मानिएको स्पेनलाई अग्रता दिलाएका थिए।
स्पेन जितसँगै समूहको तिन खेलमा विजयी हुदै ९ अंक सहित समुह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ।
स्पेनले सेमिफाइनलमा इटाली , चेक रिपब्लिक अथवा स्लोभाकियाको सामना गर्नेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]