एजेन्सी – युरोपेली यू-२१ च्याम्पियनसिप अन्तर्गत शुक्रबार रातीको खेलमा म्यासेडोनियालाई ४-२ले पराजित गर्दै पोर्चुगल समूहको उपविजेता बनेको छ। ३ खेलमा २ जित सहित ६ अंक जोडेपनि पोर्चुगल सेमिफाइनलमा स्थान बनाउन असफल रह्यो।
पोर्चुगलका लागी ब्रुमाले दुइ गोल गरे भने एडगर ई र ड्यानियल पोडेन्सले पनि गोल गरे। म्यासेडोनियाका एनिस बार्धि र काइर मार्कोसीले गोल गरेका थिए। प्रतियोगिताको नियमानुसार तिन समूहका शीर्ष स्थानमा रहेका टोलि र एक उत्कृष्ट उपविजेता सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ। तर, गोलअन्तरका आधारमा अर्को समूहको टोली उत्कृष्ट भएपछि पोर्चुगलको यात्रा टुंगिएको हो।
पोर्चुगलको समूहबाट स्पेन ३ खेलमा ३ जित सँगै ९ अंक जोडेर सेमिफाइनलमा प्रवेश गर्यो। उत्कृष्ट उपविजेताको टुङ्गो भने आज रातीको खेलपश्चात मात्र थाहा हुनेछ।