default_image

8 years ago

June 24, 2017

जितसँगै पोर्चुगल सेमिफाइनलमा

166 views

0 Bookmark

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीको खेलमा न्युजिल्याण्डलाई ४-०ले पराजित गर्दै पोर्चुगलले सेमिफाइनलमा स्थान पक्का गरेको छ। समूह ‘ए’को अंक तालिकामा २ जित र १ बराबरीसँगै ७ अंक जोड्दै पोर्चुगल समूह विजेताको रुपमा अर्को चरणमा पुगेको हो।

खेलको ३३औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यो रोनाल्डोले सिजनको ३३औं र आफ्नो अन्तर्राष्ट्रिय करियरको ७५औं गोल थियो। त्यसको ५ मिनेट नबित्दै पोर्चुगलले आफ्नो अग्रता दोब्बर पारेको थियो। बर्नार्डो सिल्भाले ३८औं मिनेटमा गोल गर्दै टोलीलाई २-०ले अगाडी बढाएका थिए।

दोश्रो हाफमा न्युजिल्याण्डले केहि राम्रो अवसरहरुको सिर्जना गरेपनि त्यसको फाइदा उठाउन सकेन। पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोसले रोनाल्डोलाई विश्राम दिन ६७औं मिनेटमा उनलाई परिवर्तन गरेका थिए। पोर्चुगलले काउन्टर अट्याकमार्फत ८०औं मिनेटमा गोल गर्दै आफ्नो जित पक्का गरेको थियो। आन्द्रे सिल्भाले हाफ लाइनमा पाएको बललाई अगाडी बढाउँदै लगेर बक्सभित्रबाट गोल गरेका थिए। रोनाल्डोको स्थानमा मैदान प्रवेश गरेका नानीले इन्ज्युरी समयको पहिलो मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई ४-०को जित दिलाएका थिए।

जितसँगै पोर्चुगलले समूहको अंक तालिकामा मेक्सिकोलाई पछाडी पारेको छ। समान ७ अंक जोडेको मेक्सिकोको तुलनामा पोर्चुगलको गोलअन्तर राम्रो रहेकोले पोर्चुगल समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने भएको हो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.