default_image

8 years ago

July 6, 2017

पोखरा स्पोटर्स अवार्ड एक साता अघि नै

222 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च, कास्की समन्वय शाखाले दोस्रो पोखरा स्पोर्टस् पूर्व निर्धारित मिति भन्दा झन्डै एक साताअघि नै आयोजना गर्ने भएको छ । यसअघि साउन २७ मा गर्ने भनिएको अवार्ड अब साउन २१ गते शनिबार हुने कास्की मञ्चले जनाएको छ ।

प्रथम पोखरा स्पोर्टस अवार्डमा सम्मानित हुनेहरु । फाइल तस्बिर

अवार्ड आयोजनाका लागि मञ्च, कास्की अध्यक्ष केशव पाठक संयोजक र उपाध्यक्ष दिननाथ बराल उपसंयोजक रहेको १ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । समितिमा मञ्चका सदस्य ५५ खेलपत्रकाहरु, नेपाल पत्रकार महासंघ, कास्की कार्यसमिति पदाधिकारी, सदस्यहरु, जिल्ला स्थित अस्तित्वमा रहेका सबै खेलसंग सम्बन्धित संघसंस्थाहरु, सहारा क्लब लगायत आयोजक समिति सदस्य छन् ।

मञ्चको बुधबारको बैठकले अवार्ड आयोजनार्थ ११ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित समितिमा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङ, संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली छन् ।

त्यस्तै पूर्व अध्यक्षहरु मोहन घले, विनोद लामिछाने, पूर्व कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठ, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, अग्रज पत्रकार नारायण कार्की, केशवशरण लामिछाने र पूर्व सल्लाहकार सुदर्शन रञ्जित सल्लाहकार समिति छन् ।

यस्तै, बैठकले विभिन्न आठ उपसमिति पनि गठन गरेको छ । कोषाध्यक्ष विजय नेपालको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन भएको छ । सदस्यहरुमा रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ, भिम घिमिरे, सरस्वती गुरुङ, विमला भण्डारी, विनोद लामिछाने, माधव बराल, केशव पाठक, दिननाथ बराल र सुरेन्द्र पौडेल रहेका छन् ।

त्यस्तै प्रचार प्रसार उपसमिति संयोजकमा सचिव रञ्जन अधिकारी छन् । समितिमा सन्तोष पोखरेल, एकराज गिरी, दीपक परियार, राजाराम पौडेल, हेमराज अधिकारी, ढाकामोहन बराल (गणेश), उमा आले मगर, दिननाथ बराल, विजय नेपाल छन् ।
मञ्च तथा हल व्यवस्थापन उपसमितिको जिम्मेवारी मन क्षेत्रीलाई दिईएको छ । लक्ष्मी जिसी, सुरेन नेपाली, गौरव पहारी, नरहरि पौडेल सदस्य छन् ।

सुरज श्रेष्ठको संयोजकत्वमा अतिथि स्वागत सत्कार उपसमिति बनाईएको छ । सन्देश श्रेष्ठ, दुर्गा अधिकारी, प्रेम नेपाली, धन बस्नेत, उमा आलेमगर, कविता घर्तीमगर, क्षमता खड्का सदस्य छन् । खाना तथा आवास व्यवस्थापन उपसमितिको संयोजकमा रोहितराज पराजुली रहेका छन् । माधव रेग्मी, प्रदीप पौडेल, विजय नेपाल, शशी पौडेल समितिमा सामेल छन् ।

सुरेन नेपालीको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम उपसमिति गठन भएको छ । सन्तोष सुवेदी, सुरज श्रेष्ठ, प्रभु अधिकारी सदस्य छन् । फोटोग्राफी तथा भिडियोग्राफीतर्फ उमेश पुन संयोजक रहेका छन् । कृष्णमणि बराल, राम गुरुङ, ईन्द्र पौडेल, दुर्गाप्रसाद पौडेल, युनिश गुरुङ र गीता रानामगर टीममा छन् ।

स्वयंसेवक तथा सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा सहसचिव अर्जुन गिरी छन् । सागरराज तिमिल्सिना, दीपक गोदार, एमबी आस्था, लोकेन ढकाल, नारायण शाही, रोशन अधिकारी सदस्य छन् ।

मञ्चका अध्यक्ष पाठकका अनुसार चाँडैनै अवार्डको मनोनयनका लागि छनोट समिति गठन हुनेछ । अब अवार्डका लागि आर्थिक संकलन अभियान सुरु हुने मञ्चले जनाएको छ, । पश्चिमाञ्चल क्षेत्रको समग्र खेलकुदको विकास तथा बिस्तारमा लागेका व्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले गत वर्षदेखि नै मञ्चले अवार्ड आयोजना गर्दै आएको छ ।

मञ्चका सचिव रञ्जन अधिकारीका अनुसार यस वर्ष पनि खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गर्नुका उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उदयीमान खेलाडी तथा प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरिनेछ ।

राजधानी बाहिर कास्कीमा यति ठूलो अवार्ड हुने भएकाले मञ्च कास्कीले सहयोगका लागि खेलप्रेमी महानुभाव तथा संघसंस्थालाई अपिल समेत गरेको छ । अवार्ड आयोजनाका लागि विदेशमा रहेका खेलप्रेमीहरुले यसअघि नै सहयोग रकम घोषणा गरिसकेका छन् ।

गत वर्ष जेठ १ गते सम्पन्न पहिलो स्पोर्टस् अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्ड वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापालाई अर्पण गरिएको थियो । उत्कृष्ट पुरुष खेलाडी हेमन गुरुङ, महिला खेलाडी मञ्जु गुरुङ, उत्कृष्ट प्रशिक्षकमा कराँतेका सुरेन्द्र गुरुङ, उदयीमान खेलाडी अवार्ड एथ्लेटिक्सकी शशी चौधरीले हात पारेका थिए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.