मंसिर २
अध्यक्ष गणेश थापा फिफा द्वरा कार्वाहिमा परे पछि अखिल नेपाल फुटवल संघ एन्फालाई राष्ट्रिय खेलकुद परिषदले नीतिगत निर्णय गर्नबाट रोक लगाएको छ ।
एन्फालाई आज पत्रचार गर्दै राखेपले ३ बुँदे स्पष्टिकरण सोधेको हो ।
कारवाहीले नेपालको खेलकुद क्षेत्रको छवि अन्तर्राष्ट्रिय जगतमा गिर्न पुगेको, नेपालको फुटबल खेलको विकासमा गतिरोध उत्पन्न भएको भन्दै त्यसपछि संघबाट भएका निर्णय र कार्यबाहक अध्यक्षका बारेमा पनि तीन दिनभित्र लिखित जानकारी गराउन राखेपले एन्फालाई भनेको छ ।