8 years ago
August 11, 2017
काठमाडौं(हाम्रो खेलकुद)– फुटबल मैदानभित्रको खेल मात्र नभएर मैदान बाहिर हुने विभिन्न गतिविधिले गर्दा पनि लोकप्रिय छ । फुटबलप्रेमी समर्थकहरु फुटबलसँग सम्बन्धित लगभग सबै कुरामा निकै चासो दिइरहेका हुन्छन् । चाहे त्यो फुटबलका समान होस् या कम्प्युटर वा मोबाइलमा खेलिने खेल किन नहोस, समर्थकहरुको त्यसमा पनि छुट्टै लगाव रहने गर्दछ ।

विगत २ दशकयता विश्वभरी खेलिन थालिएका फिफा र पिइएसजस्ता कम्प्युटर खेलहरुबाट नेपाली फुटबल प्रेमीहरु पनि अछुतो छैनन् । तर, ती खेलहरुभन्दा पृथक र खेलमैदानमा हुने घटनामा आधारित रहेर खेलिने ‘फ्यान्टसी फुटबल’ले केही वर्षदेखि नेपाली फुटबल प्रेमीहरु माझ निकै लोकप्रियता बनाईरहेको छ ।
सन् १९६२ मा अमेरिकामा बिल विन्किन्ब्याक र सन् १९७१मा बेलायतमा बर्नी डोनेल्लीले मुख्यतः मनोरञ्जनका लागि फ्यान्टसी फुटबलको अवधारणा आ–आफ्नो देशमा भित्र्याए । त्यसको ५५ वर्षपछि बितिसक्दा, अहिले भने यो खेलले विश्वभरी नै ठूलो बजार ओगट्दै छ । शब्दकोशमा फ्यान्टसीको अर्थ कल्पना भनेर पढिन्छ र यस खेलमा पनि वास्तविक खेलाडीहरुलाई आफ्नो काल्पनिक टोलीमा राखिन्छ र ती खेलाडीहरुको वास्तविक प्रदर्शनमै आफ्नो काल्पनिक टोलीको अंक प्रदान गर्ने गरिन्छ ।
फ्यान्टसी खेलहरुमध्ये सबैभन्दा लोकप्रिय भने इङ्लिस प्रिमियर लिग (इपिएल)मा आधारित खेल ‘फ्यान्टसी प्रिमियर लिग’ (एफपिएल) हो । विश्व फुटबल जगतमा प्रिमियर लिगको ठूलो समर्थन र लोकप्रियताको कारण नेपाललगायत विश्वभर एफपिएलको रौनक छाइरहेको बुझ्न सकिन्छ । २००२/०३को सिजनदेखि सुरु भएको यो खेल गत साल मात्र विश्वभरका ४० लाखभन्दा बढी तथा नेपालका ३५ हजारभन्दा बढी मानिसहरुले खेलेका थिए ।
हुन त विश्वकप, युरो कप र च्याम्पियन्स लिगका पनि आ–आफ्नै फ्यान्टसी खेल हुने गर्छन् । तर, ती फ्यान्टसी खेलले एफपिएलजस्तो प्रभाव भने जमाउन सकेको पाइँदैन ।
यसैगरी नेपालका ‘फ्यान्टसी प्रिमियर लिग’का खेलाडी सौरभ घिमिरेले पनि छुट्टै फुटी फ्यान्टसी नामक एन्ड्रोइड एप लिएर आएका छन् । उनले नेपाली फ्यान्टसी खेलाडीहरुलाई थप उत्साहित बनाउन यो एप लिएर आएको हाम्रो खेलकुदलाई जानकारी दिए । यसैवर्ष फ्यान्टसी नेपाल नामक वेवसाइट एक हप्ता अगाडि नै बजार आइसकेको छ । दुवै फ्यान्टसीका छुट्टाछुट्टै एपले आफ्नो खेलका विजेताहरुलाई साप्ताहिक, मासिक र वार्षिक रुपमा पुरस्कार दिने घोषणा गरेका छन् । यो फुटी फ्यान्टसी निम्न दिएको लिंकमा गएर डाउनलोड गर्न सकिनेछ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]