default_image

8 years ago

August 22, 2017

म्यानचेस्टर सिटी र एभर्टनको बराबरी

126 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा गएराती म्यानचेस्टर सिटी र एभर्टनले १–१ को बराबरी खेलेका छन् । एभर्टनले खेलमा अग्रता लिएपनि जोगाउन सकेन । खेलको ३५ औं मिनेटमा वायन रुनीले गोल गरेका थिए ।

काल्भर्ट लेभिनको क्रसमा रुनीले गोल गरेका हुन् । एभर्टन पुगेपछि दोस्रो गोल गरेका रुनी प्रिमियर लिगमा २ सय गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । टोटेनह्यामबाट यसै सिजन सिटी पुगेका कायल वाल्करले ४४ औं मिनेटमा दोस्रो पहेलो कार्डको सामना गर्दै बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित भएको थियो ।

एभर्टनका लेभिनसँग जुध्दा पहिलो कार्ड पाएका वाल्करले अर्को पल्ट पनि उनै माथि आक्रोश पोख्दा दोस्रो कार्डको सामना गर्नु परेको थियो । घरेलु मैदानमा पहिलो हाफमै पछाडि परेको सिटीका ८२ औं मिनेटमा रहिम स्टर्लिङले बराबरी गोल गरेका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका स्टर्लिङले भलिमा गोल गरेका थिए ।

सातौं मिनेटमा पहिलो पहेलो कार्ड पाएका मोर्गान स्नाइडरलिनले ८८ औं मिनेटमा दोस्रो कार्ड पाएपछि एभर्टनपनि १० खेलाडीमा सिमित भएको थियो । दुई खेलपछि सिटी र एभर्टन दुवैको समान ४ अंक भएको छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.