8 years ago
September 20, 2017
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै डेढ बर्षपछि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश गरिने २५ खेलको टुंगो लागेको छ । तुर्कमिनिस्तानको अस्वाबतमा जारी पाँचौं एसियाली इन्डोर तथा मार्सल आर्टस् खेलकुदको अवसर पारेर मंगलबार भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसओएसी) को बैठकले २५ खेलको टुंगो लगाएको हो ।
२८ खेलबाट २५ खेल छनोट गरिएको हो । एसओसी बैठककले कराते, गल्फ, फेन्सिङ र गल्फसहित २५ खेल समावेश गर्ने निर्णय गरेको छ । नेपाल ओलम्पिक कमिटीका समेत अध्यक्ष रहेका जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको एसओसी बैठकले यो निर्णय लिएको हो । आयोजकका तर्फबाट थप्न पाउने दुई खेलमा नेपालले पदकको सम्भावना भएको कराते र गल्फ समावेश गराएको छ ।
१२ औं सागमा समावेश सेपाकताक्रो र हक्की भने हटाइएको छ । हक्कीका लागि नेपालमा एस्ट्रो टर्फ नभएकाले समावेश नगरिएको र पूर्वाधार निर्माण गर्न सके सागमा थप्न सक्ने सहमती बैठकमा भएको एनओसी अध्यक्ष श्रेष्ठलाई उदृत गर्दै आज नागरिक दैनिकमा अजय फुयालले लेखेका छन् ।
सन् २०१९ को मार्चमा नेपालमा हुने १३ औं सागमा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केबल, बक्सिङ, फेन्सिङ,फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते, खोखो, सुटि ङ, स्क्वास, पौडी, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु र साइक्लिङ ।
एनओएसीको अर्को बैठक जनवरीमा काठमाडौंमा बस्ने भएको छ । त्यो बैठकले एनओएसीको मुख्यालय, विधान संसोधन लगायतका विषयमा टुंगो लगाउने बताइएको छ । बैठकमा दक्षिण एसियाका सात राष्ट्रका ओलम्पिक प्रतिनिधि, एनओसी महासचिव लामा टेन्डी शेर्पा, कोषाध्यक्ष रतन तण्डन र अतिथिका रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट सहभागी थिए ।
१३ औं सागमा समावेश गरिने खेल
आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केबल, बक्सिङ, फेन्सिङ,फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते, खोखो, सुटि ङ, स्क्वास, पौडी, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु र साइक्लिङ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]