10 years ago
December 11, 2015
नेपाल डनबस्को स्कुल लुभुले २० औ फादर मोरान स्मृती विद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आयोजक सेन्ट जेभियर्स स्कुल गा्दावरीको मैदानमा भएको खेलको फाइनलमा डनबस्कोले सेन्ट जेभियर्स स्कुल जाउलाखेललाइ २–० ले पराजित गर्यो । विजयी टोलीका लागि दिल राज तामाङ्गले दुवै गोल गरे । यसैगरी, क्रेसेन्ट स्कुललाई ३–१ ले हराउदै सेन्ट जेभियर्स स्कुल गोदावरीले तेस्रो स्थान पायो । विजयी टोलीका लागि कुञ्जन केसी, अनिस बुढाथोकी र फीराज मर्हजनले गोल गरे । पराजित टोलीका सोभाकर रोकायले गोल गरे ।
प्रतियोगितामा क्रेसेन्टले फेयर प्ले अवार्ड पायो । आयोजक विद्यालयका आशिष घले उत्कृष्ट खेलाडी घोषित भए । विजयी टोलीका फादर साभियो राइ उत्कृष्ट प्रशिक्षक चुनीए । विजयी टोलीकै दुर्गा बहादुर श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । क्रेसेन्टका कुन्साङ्ग तामाङ्ग उत्कृष्ट रक्षक तथा रोसन लामा मस्ट प्रोमोसिङ्ग प्लेयर घोषित भए । सात गोल गरेका उपविजयी टोलीका स्पर्श जंग पाण्डे शीर्ष गोलकर्ता घोषित भए । विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी गोदावरी नगर खेलकुद विकास समितीका अध्यक्ष मनोज घिमिरे र विद्यालयका प्रीन्सीपल फादर जेजु लगायतले पुरस्कार प्रदान गरे ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]