10 years ago
January 3, 2016
अतिरिक्त समयमा सुनिल क्षेत्रीको गोलको मद्दतले भारतले अफगानीस्तानलाई साफ सुजुकी कपको फाइनलमा २-१ले पराजित गरेको छ|
त्रिबेन्द्रमस्थित ग्रिन्फिल्ड स्टेडिएममा भएको फाइनल खेलमा खेलको ७०औं मिनेटमा अमिनिको गोलले अग्रता लिएको थियो| तर सो गोल भएको दुइ मिनेट नबित्दै जेजे लाल्पेख्लुआले गोल गर्दै भारतलाई ७२औ मिनेटमा बराबरीमा ल्याए| खेलमा त्येसपछि गोल भएन र खेल अतिरिक्त समय तर्फा धकेलियो|
अतिरिक्त समयको एघारौं र खेलको १०१औ मिनेटमा कप्तान सुनिलले गोल गर्दै भारतलाई अगाडी बढाएका थिए| सोहि गोल निर्णायक साबित भयो र भारतले उपाधि पक्का पार्यो| खेलको दौरान अफगानिस्तानक प्रशिक्षक पिटर सेगार्ट रेफ्री संग विवादका कारण बक्स बाट बाहिर निष्काशित गरिएका थिए| रेफ्रीले भारतको बक्समा भएको ह्यान्डबल पटक पटक नदेखेको र पेनाल्टी नदिएकोमा उनि आक्रोशित भएका थिए|
यस संगै नेपालका पुर्वप्रशिक्षक समेत रहेका स्टेफेन कन्स्ट्यानटाईन, भारतलाई साफ जिताउने पहिलो विदेशी प्रशिक्षक भएका छन्| यस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भारतका सुनिल क्षेत्री चुनिए|
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]