10 years ago
January 6, 2016
राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ्ग मनाङ मर्स्याङ्गदि क्लबबाट खेल्ने पक्का भएको छ ।
करिव एक दशकदेखि थ्री स्टारबाट व्यवसायीक फुटबल खेल्दै आएका किरणको राष्ट्रिय लिगपश्चात अनुबन्धन सकिएको थियो ।
राष्ट्रिय लिगको उपाधि उठाउँदा किरणनै टोलीका कप्तान रहेका थिए । यसअघि मच्छिन्द्रबाट पनि खेलिसकेका किरणको यो तेश्रो ए डिभिजन क्लब हो ।
किरणको अनुबन्धनसंगै मनाङ्गको गोलरक्षणको समस्यामा सुधार आउने अपेक्षा गरिएको छ ।
गत सिजन पनि गोलरक्षक विशाल श्रेष्ठ चोटका कारण खेल्न नसक्ने भएपछि दिपेश यादवले गोलरक्षणको जिम्मा सम्हालेका थिए ।
राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा समेत परेका विशालको भविष्य भने अन्यौलमा छ| उनले थ्रिस्टार क्लबमा जाने सम्भावना पनि उत्तिकै छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]