10 years ago
January 7, 2016
पुष २३ गते, काठमाडौं ।
आज नेपाली राष्ट्रिय फूटबल टोली भोली बाट सुरु हुने बाङ्ग्लाबन्धु गोल्ड कप खेल्नको लागि बाङ्लादेश तर्फ प्रस्थान गर्दैछ । युवाहरुले भरिएको टोलिले आफ्नो पहिलो खेल जनवरी ९ तरिखमा मलेशिया बिरुद खेल्नेछ । नेपालले यो प्रतियोगितलाई सागको तयारीको रुपमा हेरेको छ । टिमको कप्तानी बिराज महर्जनले गर्ने लगभग पक्का देखिएको छ ।
अखिल नेपाल फूटबल संघले प्याट्रीक ओजेम्ससँग सम्झौता रद्द गरेपछी प्रतियोगिताको लागि कोचको जिम्मेवारी बाल गोपाल महर्जनलाई सुम्पिएको छ । उपेन्द्रमान सिंहले गोलकिपर कोचको जिम्मेवारी सम्हाल्ने छन भने टिम म्यानेजरम बिराट जङ शाही रहेका छन । बाल गोपालले केहि समय अघी मात्र नेपाली यु-१९लाई साफ बिजेता बनाएका थिए, उक्त टिमका ७ जना खेलाडी पनि बाङ्ग्लाबन्धु कपका लागि बाङ्लादेश जादै छन ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]