फिफाले जारी गरेको विश्व फुटबल वरियतामा नेपाल इतिहासकै निम्न स्थानमा पुगेको छ|
गत महिना १९२ स्थानमा रहेको नेपाल यो महिना जारी गरिएको वरियतामा चार स्थान तल झरेको छ| १९६औं स्थानमा रहेको नेपाल दक्षीण एसियाको पुछारमा रहेको छ| नेपालले पछिल्लो महिना खेलेको तिन अन्तराष्ट्रिय खेलमध्य तिनवटामै हार व्यहोरेपछि त्यसको असर वरियतामा पुगेको हो|
नेपालले मैत्रीपुर्ण खेलमा बंगलादेशसंग १-०ले, साफमा श्रीलंका संग १-०ले र भारतसंग ४-१ले पराजित भएको थियो|
तर, यसै महिना बंगलादेशमा हुने बंगबन्धु गोल्डकपमा राम्रो प्रदर्शन गरेको खण्डमा नेपाललाई वरियतामा सुधार ल्याउने मौका भने हुनेछ|