default_image

10 years ago

January 15, 2016

नेपाल-बाङ्लादेश गोल रहित बराबर

174 views

0 Bookmark

बाङ्लादेश बिरुद्ध गोल रहित बराबरीको नतिजा निकाल्दै नेपाल उप-बिजेत बन्दै बङ्गबन्धु कपको सेमी फाइनल प्रवेश गरेको छ, त्यस्तै आयोजक बाङ्लादेश समुह बिजेता बन्न सफल भएको छ ।

Sri Lanka(Yellow) Vs Nepal(red) 4-1

बाङ्लादेशको बङ्गबन्धु रङशालामा भएको खेलमा पहिलो हाल्फमा नेपाल जवाबी हमलामा सिमित रह्यो ।

घरेलु मैदान मा खेलेको बाङ्लादेश ले पहिलो हाल्फमा अग्रता लिने केहि मौकाहरु गुमायो भने  नेपाल को आक्रमण सिमित नै रह्यो ।

सुरु देखी नै पोजेसन मा हावी देखिएको बाङ्लादेश १२औ मिनेट मा बि केस कुथु को उत्कृष्ट एक बिरुद्ध एक बचाउ मा आग्रता लिन बाट असमर्थ रह्यो ।

बाङ्लादेशले एक पछी अर्को प्रयास जारी राख्यो तर उनिहरुको आक्रमणले जाली चुम्न भने सकेन ।

नेपालको लागी भने एक मात्र राम्रो मौका २६ मिनेटमा डि-बक्स नजिकै को फ्री-किक मार्फात आयो तर अदित्य चौदरीले गरेको प्रहार  सिधै गोल किपर कोहातमा पर्‍यो ।

दोस्रो हाल्फको सुरुवातमा नेपालले केहि आक्रमण गर्‍यो । ५१ मिनेट मा रबिन ले बिराज को क्रस मा गरेको प्रहार पोस्ट माथी बाट बाहिरियो भने त्यस पछीको अन्जनको प्रहारले पनि दिशा लिन सकेन ।

दोस्रो हाल्फमा केहि आक्रामक देखिएको नेपाललाई जवाबी हमला प्रारम्भ गरेको हेमन्तोको पास रोनीले भन्दा नेपाली किपेर बिकेसले जम्मा गर्दै खतराबाट जोगाए  ।

खेलको ८३औ मिनेटमा मिड्फिल्डमा बाङ्लादेशको लागी बल खोस्दै राजुले रोनी लाई गरेको सेट अपमा रोनिको बक्स नजिकबाटको प्रहार पोस्ट माथी बाट जादा बाङ्लादेशले पूर्ण ३ अंक लिने मौका उपयोग गर्न सकेन ।

८८ औ मिनेट मा रेहान ले गरेको लामो प्रहार बि केस ले दोस्रो प्रयास मा नियन्त्रण लिदै नेपाल लाई १ अंक दिलाउन मद्धत गरे ।

यस अघी नेपालले श्रीलंका बिरुद्द जित र मलेशिया बिरुध नतिजा निकालेको थियो ।

आज भएको पहिलो खेलमा श्रीलंकाले मलेसियाको फेल्ड युनाईटेडलाई २-१ले पराजित गरेपछि नेपाल सेमीफाइनल यात्रा खेल अघी नै निश्चित भएको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.