default_image

10 years ago

January 16, 2016

पशुपतिलाई यु–१६ फुटबल उपाधि

145 views

0 Bookmark

पशुपतिको ‘ए’ टिमले प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

2

चावहिलको गणेशस्थानमा भएको फाइनलमा पशुपतिले काभ्या ‘ए’ लाई २–० गोलले पराजित गर्‍यो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दुवै गोल दोश्रो हाफमा पशुपतिका सौरव खत्रीले गरे । सौरवले गरेको दुवै गोल उत्कृष्ट थियो । सौरभ नै प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि चुनिए ।

साइपाल एकेडेमीद्वारा आयोजित प्रतियोगितामा पशुपति ‘ए’ का विकास राई गोलरक्षक, पशुपति ‘ए’ कै विक्रम कुमार डिफेन्स तथा काभ्या ‘ए’ का दिपेन्द्र केसी मिडफिल्डमा उत्कृष्ट घोषित भए । अनुशासित टिमको उपाधि आई लेन्स ‘बी’ ले हात पार्‍यो ।

विजेतालाई साइपालका कार्यकारी निर्देशक गणेश भण्डारी, साइपालका प्रिन्सिपल सुमन नगरकोटी, गंगाहिटी टोल सुधार समितिका अध्यक्ष कृष्णमणि भट्टराईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सोही अवसरमा साइपालमा प्लस टु अध्ययनका लागि चार खेलाडीलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरिएको छ । छात्रवृत्ति पाउनेमा डेनेब एकेडेमीका सागर कट्वाल तथा पशुपति ‘ए’ का त्रय लक्ष्य मगर, विक्रम कुमार र विकास राई रहेका छन् ।

आठदिने प्रतियोगितामा विभिन्न विद्यालयका ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको साइपालका प्रशिक्षक विनोद क्षेत्रीले जनाएका छन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.