बंगबंधु गोल्ड कप २०१६को सेमिफाइनल खेलमा भोलि नेपाल र माल्दिभ्स भिड्दै छन्|
ढाकास्थित बंगबंधु राष्ट्रिय रंगशालामा खेलिने खेल नेपाली समयअनुसार साँझ ५:१५मा सुरु हुनेछ| खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले पनि गर्नेछ| नेपाल समूह ‘ए’ बाट दोश्रो हुदैं सेमिफाइनल पुगेको हो| समूह चरणमा कुनै पनि खेल नहारेको नेपाल प्रतियोगितामा गोल नखाने एक मात्र टोलि हो|
चोटका कारण विगतका दुइ खेल गुमाएका जगजित श्रेष्ठको आगमनले टोलीको आक्रमण थप मजबुत हुने विश्वास गरिएको छ| जगजितको आगमनसंगै विशाल राई र हेमन गुरुङ्ग मध्य एकले आफ्नो स्थान गुमाउन सक्नेछन्| नेपालले जारी प्रतियोगितामा गरेको एक मात्र गोल बिमल घर्ति मगरले श्रीलंका विरुद्धको जितमा गरेका थिए|