10 years ago
January 19, 2016
काठमाडौं
नवयुग श्रेष्ठको ‘डेब्यू’ गोलमा नेपालले बंगबन्ध गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।
त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुगले ३२ औं मिनेटमा गोल गरेका थिए । साफ च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध १ मात्र गोल गरेको थियो ।
त्यो गोल विमल घर्ती मगरले गरेका थिए । त्यसमा नवयुगको भूमिका थियो । नवयुगको आक्रमण भारतको पोष्टमा लागेर फर्केपछि विमलले गोल गर्ने अवसर पाएका थिए ।
त्यो संगोग माल्दिभ्सविरुद्धको खेलमा दोहोरिएको छ । तर, यसपटक विमलको प्रहार माल्दिभ्सको पोष्टमा लागेर फर्केपछि नवयुगले गोलको अवसर पाएका थिए । नेपालले पहिलो हाफको अग्रतालाई जोगाउन सके बंगबन्धुको फाइनल खेल्नेछ ।
सन् १९९३ मा त्यहि मैदानमा नेपालले छैटौं दक्षिण एसियाली खेलकुद (साफ) को फुटबलमा स्वर्ण पदक जितेको थियो । अर्को संयोग, त्यसबेला स्वर्ण जितेको टोलीमा रहेका बाल गोपाल महर्जन अहिले टोलीको प्रशिक्षक छन । त्यसयता नेपाली सिनियर टोलीले कुनै उपाधि जितेको छैन ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]