10 years ago
January 19, 2016
माल्दिव्स बिरुद्ध निकै नै उल्लेखनीय प्रदर्शन देखाउदै नेपाल बङ्गबन्धु कपको फाइनल प्रवेश गरेको छ । फाइनलमा नेपालले बहराइन यु -२३ सँग भिड्ने छ ।
निलो जर्शीमा मैदानमा उत्रीएको नेपाल खेलको सुरुवात देखीनै खेलामा हावी रह्यो । फल स्वरुप ३१ औ मिनेटमा बिमलले गरेको प्रहार पोस्टमा लागेर फर्किए पछी रिबाउण्डलाई जाली चुमाउदै नेपाललाई नव्युगले अग्रता दिलाए ।
प्रतियोगितामा कुनै पनि गोल नखाएको नेपाल १-० को अग्रताको साथ आत्म बिश्वासमा उच्च रहदै पहिलो हाल्फको अन्त्य गर्यो ।
त्यस्तै दोस्रो हाल्फ को ५२ मिनेटमा बिशालराइले राष्ट्रियलाई आफ्नो पहिलो गोल गर्दै नेपालको अग्रता दोब्बर गरे । खेलको ६२ औ मिनेटमा बिक्रमले दिएको थ्रु बललाई जालीको टप कर्नर च्याप्दै ३-० को अग्रता दिदै नव्युगले जित लगभग सुनिस्चित बनाए ।
खेलको ६२ मिनेट सम्म ३-० ले पछी परेको माल्दिव्सले हार मनेन र त्यस पछी एक माथी अर्को प्रयास गर्यो , ७६ मिनेटमा नासिद अह्मेदले गोल गर्दै माल्दिव्सलाई खेलमा जिवित राखे ।
माल्दिव्सको दबावमा जवाबी हमला गर्दै खेलको अतिरिक्त समयमा गोल गर्दै नवयुगले आफ्नो ह्याट्रीक पुरा गर्दै नेपालको ४-१को जित पक्का गरे ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]