दिपक बोहोरा ,पाँचथर
पत्रकारको काम के हुन सक्छ ? यो प्रश्नको जवाफ सबैले सहजै भन्न सक्छन कि पत्रकारको काम समचार खोज्ने र सुचना सम्प्रेषण गर्ने हो । तर आज पाँचथरको फिदिममा पत्रकार खेलमैदानमा फुटबल संग रमाइरहेका थिए । जहिले समाचारको पछि कुद्ने पत्रकारहरु आज फुटबलको पछि मज्जाले कुदेको दृष्य हेर्न सकिन्थ्यो ।
प्रसङ सरमुकाम फिदिममा सञ्चालित सुमहात्लुङ एफ एम १०४.२ मेगाहर्जले आफ्नो नवौ बार्षिक उत्सवको अवसरमा मिडियाकप फुटबल प्रतियोगिताको आयोजना गरेको मिडिया कपको हो । प्रतियोगितामा पत्रकार महासंघ शाखा पााचथर, आयोजक सुमहात्लुङ एफ एम, इगल एफ एम र सिंहलिला एफएम प्रतियोगितामा सहभागि भएका थिए । फिदिम उच्च माविको खेल मैदानमा भएको प्रतियोगितामा आयोजक सुमहात्लुङ एफ ले इगल एफएमलाई ४–० ले हराउादै फाईनल प्रवेश गरेको छ ।
त्यस्तै पत्रकार महासंघ शाखा पाँचथरले सिंहलिला एफएमलाई १–० ले हराउादै फाइनल प्रवेश गरेको हो । भोली हुने फाइनल खेलमा पत्रकार महासंघ र आयोजक सुमहात्लुङ एफएमविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिमले १५ हजार र उपविजेता टिमले पाँच हजार नगद पुरस्कार पाउनेछन् ।